D.V.


घुर्र…घुर्र..घुर्र…

हऽऽऽऽऽ……..

…ओय साले उठ, कति सुत्छस्…

हँ…

…१० बजेसम्म पनि सुत्छ कोइ? हिजो फेरि JD हानिस कि क्या हो ? साले मलाई नि भन्नु पर्छ नि…

काँऽऽऽ यार, राति म्याच हेरेको नि, पछि निन्द्रा लागेन अनि Two and half men नि हेरे कति बेला पो निँदाए

…तोइट, कागे खेलेछ नि हिजो सिटीले, म त फर्स्ट हाफ हेरेर सुतेको, साला अइले हाइलाइट्स हेर्छु त ड्र पो भाको छ। यो पालि त ग्रुपबाटै जाला जस्तो छ…

हेऽऽऽऽ अझै बाँकि छ ब्रो….

…ल ल तेरो सिटीको कमाल नि हेरम्ला। अनि आज गुड फ्राइडे गर्ने होइन? जम बेलुका भोटेकोमा…

Hmmm….हुन्छ…बरु बाजेलाई नि भन न,

…त्यो मुला जैले के मिल्दैन के मिल्दैन भन्छ…

भोलि त त्यसको नि छुट्टी हो नि अफिस, फोन गर आँउछ..होस् मै गर्छु त्यल्लाई…

…ल ल, बेलुका Gpokमा भेटेर भोटेकोमा जाँउ न त…

Oks…

साले उठ अब कति सुत्छस्…

ल ल राख…

…………………………………………

खोई त्यो मुला कैले टाइममा आउँदैन…

…अघि फोन गर्दा १० मिनेटमा अफिसबाट निस्किन्छु भन्थ्यो…

त्यसको १० मिनेट त कत्ति हो हो… अस्ति नि सालेले आधा घन्टा कुरायो…

मुलाऽऽऽऽ….

….दाइ दुइटा lightsअनि hot lemon दुइटा फेरि है…

…………………

मुला यै हो तेरो दश मिनेट??

… के गर्नु यार…यस्तो जाम थियो…

…साला जैले त्यसतै हुन्छ यार…कैले टाइममा पुगिन्न…

अनि अलि टाइम मिलाएर निस्किने नि त, जामको के टेन्सन??

मुला, खोइ त तैँले टाइम मिलाको??

(फिस्स हाँस्छ…)…

यो देश जैले यस्तै हो यार…साला न बत्ती छ, न पानी आउँछ, मुला…

अनि तिमीहरु जैले टिभि,onlineमा अमेरिका, युरोपको कुरा हेर्छौ..कहाँ overnight development हुन्छ र? बत्तीको त मज्जाले PDA हुँदैछ, ४-५बर्षमा export गर्न पुग्ने बत्ती हुन्छ, मेलाम्ची नि सकिनै लाग्यो रे…के अमेरिका र युरोप पहिले देखिनै यस्तो हो र??…

साले आफुलाई बाल्ने बत्ती छैन गर्छस export…बत्ती भनेको के घरघरमा CFL बाल्ने मात्र हो र?

…अब बिस्तारै हुन्छ नि यार सबै कुरा…

कति बिस्तारै यार?? हाम्रो ड्याडहरुको पालादेखि Singaporeको dreams देखेको हामले…अस्तिको चुनाब पनि हेरियो, भोट नि हालेको हो, अनि अईले??

हुँदैछ नि यार…

इईस भयो…यो देशको केहि हुन्न…फोकटमा engineering गरेको, उहिले US ट्राई गर्नुपर्ने Jamesले जस्तो…

…यो सब मुला बाजेले गर्दा भाको हो…

गधा हो,तिमीहरुलाई engineering prep देखि passout नहोउन्जेल help गरेको यहि हो?

…मुला, त्यति बेला पुरा….. अंकल.. engineering गर्यो भने यस्तो हुन्छ, उस्तो हुन्छ भनेर convince गर्या होइन मेरो ड्याडलाई…साले तैँले गर्दा त मैले जोइन गर्नु पर्या…म त मुला James संग IELTS जाँदै थिएँ…

साले, engineer त भइस नि?

के काम यार यो डिग्रिको?? २ बर्ष भयो हल्लेर हिँड्या…साले Jamesको कार हेरऽऽऽऽ…

छोड्दे यार, त्यसले कसरी कार किन्यो त्यो नि थाहा छ नि..घण्टा हानेर…

घण्टा हाने नि, जे गरे नि मुला कार हेरन…साला १०बर्षमा नि तैँले मैले त्यो कार किन्न सक्दैनौं…

अनि उता कुन ठूलो कुरा भयो त कार हुनु, अस्ति Jamesले भन्दै थियो त सबको कार हुन्छ भनेर…

जे भए नि मुला…यता हाम्रो बाइकमा तेल हाल्न नि घरमा पैसा माग्नुपर्छ…

तिमीहरुलाई के भाछ यार…त्यो अमेरिकामा के छ र? मुला त्यता गर्ने काम यतै गर न, अनि पो बन्छ हाम्रो देश।

…साले गफ खुब दिन्छस्…एकचोटि D.V. परोस अनि हेर्छु तेरो patriotism…

साँचै भन्या यार..We are as strong as those people, we just need to be sincere towards our country and everyone should do their job…

भो भो तेरो sincerity चाहिएन…साले अस्ति PAN लिँदा त खुब उफ्रिदै थिइस, अनि Tax तिर्ने बेलामा त married राखिस रे..

हे हे अब त्यो त…

देखिस् मुला…

भो भो छाड्दे बाजेलाई…अनि D.V. भर्ने होइन…

म त भर्दिन यार…

साले फेरि शुरु भयो यसको patriotism…

Patriotismमात्र होइन यार, अब त्यो चिठ्ठा न हो… I don’t believe in such stuffs…

साले भरे पो पर्छ, न भरे के पर्छ…

भए पनि…

मुला … भोटेसंग DSLR छ, त्यसलाई फोटो खिच्न लगाम अनि भरम त्यहिबाट…

म त भरदिन…

साले हामीलाई engineer बनाइस…हामी पनि हेरछ्म कसरी भर्दैनस D.V.

(हाँस्दै)गधा हो…ल ल जम अब, भोटेले एकलै सकला JD…

…ओए पैसा तिर है…

बाजेले तिर्छ नि, हामी त बेरोजगार…

साला भुक्काहरु……

…………दाइ कति भयो….

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s