पुनर्निर्माण अनि सहयोग – गर्ने के त


भुकम्प पश्चात पुनर्निर्माणको बारेमा धेरै बहसहरु यतिखेर नेपालमा भइरहेका छन्। सरकार यहि आसार १० गते विभिन्न दातृ राष्ट्र अनि संघ/संगठनको बृहत सम्मेलन गर्न जोडतोडको तयारीमा पनि जुटेको छ। सरकारी आँकडा अनुसार पुनर्निर्माणको लागि करिब ६ खर्ब ६६ अर्ब लाग्नेछ अनि सरकार यहि सम्मेलन मार्फत सबै दातृ राष्ट्र / संघ/संगठनलाई सहयोगको याचना गर्ने सुरमा छ।

पुनर्निर्माणको अर्को पाटो भनेको पुनर्निर्माण कुन श्रोतले गर्ने भन्ने हो। यतिखेर हामी मध्ये थुप्रै आन्तरिक श्रोत परिचालन गरी पुनर्निर्माण गर्नुपर्छ भनिरहेका छौं भने कति विदेशी सहयोगविना पुनर्निर्माण सम्भव नै नहुने कुरा पनि गर्दैछौं। हो पक्कै पनि हाम्रो १ बर्षको बजेट बराबरको पुनर्निर्माणको खर्च हामी तत्काल आन्तरिक श्रोतबाट जुटाउन सक्दैनौं त्यसैले विदेशी सहयोग त चाहि हाल्यो। तर पैसा जुट्दैमा पुनर्निर्माण भईहाल्ने पनि होइन। हरेक साल बजेटमा छुट्टयाइएको रकम खर्च(विकास) हुननसकेर त्यतिकै खेर जाने गरेको हामीलाई थाहा नै छ। यसले कि त हाम्रो योजना चयन प्रक्रियामा नै खोट रहेको देखाउँछ भने कि खर्च गर्नेसक्ने क्षमता नै नरहेको देखाउँछ। अब पुनर्निर्माणको लागि आवश्यक रकम जम्मा भएर(आन्तरिक वा विदेशी श्रोत) पनि हामीले सार्थकरुपमा त्यसलाई खर्च गर्नसकेनौ भने त्यो भन्दा ठूलो विडम्बना केहि हुने छैन।

अब जाऔं विदेशी सहयोगको बिषयमा। आजै मात्र पत्रिकामा भारत सरकारले नेपालको पुनर्निर्माणको लागि भनेर भारु. २००मा नै नेपाललाई सिमेन्ट उपलब्ध गराउनसक्ने भन्ने कुरा आएको छ। यो भनेको सिमेन्टको नेपाली बजारमुल्य भन्दा निक्कै नै सस्तो हो। यदि साँच्चै नै पत्रिकामा आएजस्तो भारु.२००मा नै नेपाललाई सिमेन्ट सहयोग प्राप्त हुने हो भने, नेपाली सिमेन्ट उध्योगहरु पक्कै पनि मर्कामा पर्नेछन्। नेपाली सिमेन्टको बजार मुल्य हेर्दा नेपालमा भारु. २०० बराबरमा सिमेन्ट उत्पादन नै हुन सक्ने देखिन्न(यदि सिमेन्टमा बजार मुल्यको थुप्रै गुणा नाफा छैन भने)। यसो भए अब नेपालले भारतीय सहयोगको सिमेन्ट स्वीकार्ने कि नस्वीकार्ने त? हो हामीलाई यस्तै सहयोगहरुको आवश्यक्ता छ, तर हाम्रा उध्योगहरुको क्षमता अनि भविष्य हेर्दै सरकारले सहयोग स्वीकार्ने अनि त्यसलाई उचित परिचालन गर्नु पर्दछ। सिमेन्टको हकमा हाम्रा उध्योगहरुको कुल क्षमता कति हो? हाम्रा उध्योगहरुले कति उत्पादन गर्नसक्छन् ? भन्ने प्रश्नको उत्तर साथै बजार व्यवस्थापनको विविध बिषयमा ध्यान दिनु निक्कै जरुरी छ। अर्को कुरा त्यस्ता उध्योग संचालन गर्न चाहिने उर्जाको उपलब्धताको बारेमा नि हामीले सोच्नु पर्ने हुन्छ। भुकम्प अगाबै उर्जाको चरम संकट ब्योहेरिरहेका हाम्रा उध्योगहरुले कलकारखाला चलाउन पर्याप्त उर्जा प्राप्त गर्नसक्लान त?

हो, आन्तरिक उत्पादनलाई प्रहोत्साहन गर्नुपर्छ अनि उध्योग कलकारखानालाई बढावा दिनुपर्दछ तर यसो भन्दैमा बजारमा उपलब्ध हुने मुल्य भन्दा बढीमा उत्पादन गर्ने कलकारखाना चलाएर सिमित व्यक्तिबिशेष बाहेक राष्ट्रलाई केहि फाइदा हुँदैन। हाम्रो सीप अनि श्रोतले अरू भन्दा सस्तो अनि सुलभ तरिकाले उत्पादन गर्नसक्ने कलकारखाना / उध्योगलाई नै हामीले बढावा दिनुपर्दछ।

फेरि जाऔं सिमेन्ट कै प्रसंगतिर। भारतीय सहयोगको सिमेन्टलाई कसरी उपयोग गर्ने त(यदि प्राप्त हुने नै भयो भने)? सरकारले आन्तरिक उत्पादनले भयाउने भन्दा बढी तर आवश्यक परिमाणको सिमेन्ट भारतीय सहयोगमार्फत लिनु नै पर्दछ। तर निजि बितरक मार्फत सहयोगको सिमेन्ट बजारमा वितरण गर्नु भन्दा सरकारी संयन्त्र(साल्ट ट्रेडिङ वा नेसलन ट्रेडिङ)मार्फत आवश्यकता अनुसार सर्वसुलभ ढंगले सबैतिर पुर्याउने प्रबन्ध भने गर्नुपर्दछ। यसो भएमा हाम्रा कलकारखानाको उत्पादन पनि खेर जाँदैन साथसाथै सहयोगको पनि छिट्टो उपयोग हुनजान्छ। पक्कै पनि यस विपदले हामी सबैलाई असर पुर्याएको छ, तर यसो भन्दैमा अन्धाधुन्द निर्णय गर्नु भन्दा भविष्यमा आउनसक्ने सारा कुरालाई सोच्दै प्रतिफलमुखी कदम चाल्नु नै वेश हुन्छ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s